सम्भव भएसम्म छायांकन रोक्नुस् – निर्माता संघ

फिल्म । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । यसै क्रममा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायत) का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ ।

यसै सुचनालाई आधार मान्दै नेपाल चलचित्र निर्माता संघले विज्ञप्ति जारी गरेको छ । महासचिव रोज राणाले विज्ञप्ति जारि गर्दै नेपाल सरकारको आग्रहलाई कार्यान्वयन गर्न फिल्मकर्मीलाई अनुरोध गरेका छन् । समाज प्रति उत्तरदायी हुँदै भाइरसको संक्रमण बढ्ने क्रियाकपालमा रोक लगाउन आग्रह गरेका छन् । फिल्म छायांकन र कुनै पनि प्रकारका सभा, सम्मेलन र भेला नगर्न समेत विज्ञप्तिमा भनिएको छ । ‘चलचित्रकर्मी देश र जनताप्रति उत्तरदायी हुने र समाजको सम्बाहकको रुपमा विम्वित हुने हुदा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आ-आफ्नो तप्काबाट सहयोग गरौँ’ विज्ञप्तिमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस्