आयंकाले सार्वजनिक गरे विवाहको डेट

फिल्म । केहि समय यता प्रेम सम्बन्धका कारण विवाहको गसिपमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा विवाह गर्दैछन् । प्रेमको महिना फेब्रुअरीमै रहेर उनले विवाहको लागि फागुनको तेस्रो साता विवाह तय गरेकी हुन् । गत वर्ष इन्गेजमेन्ट गरेकी प्रियंकाको विवाह कहिले भन्ने प्रश्नकै विच उनले व्याचलर पार्टी मनाएपछी विवाहको संकेत भएको थियो ।

प्रियंका र आयुष्मानले आउँदो फागुन १५ मा लगनगाँठो कस्न लागेका हुन् । यी दुइले सामाजिक सञ्जाल मार्फत यसको घोषणा गरेका छन् । ‘हाम्रो परिवारका सबै सदस्यलाई जम्मा गरेर गर्ने भनिएकै कारण समय लागेको हो’ प्रियंकाले भनिन् । उनले इन्गेजमेन्टपछी आफ्नो र आयुष्मानको सम्बन्धमा झनै प्रेम झाँगिएको बताउदै विवाहको लागि सहि समय आएको बताइन ।

आयुष र प्रियंकाले केहि कभर गीतहरु तयार पारेका छन् । त्यसै क्रममा यी दुइ नजिकिएका थिए भने फिल्म ‘कथा काठमाण्डौ’ को सेटमा त्यो सामिप्यता प्रेममा परिणत भएको थियो । ‘आयांका’ जोडीको उपनामले परिचित फाउन्डेसन स्थापना गर्दै समाजसेवा समेत गरिरहेका छन् । प्रियंका संवत आउँदो वर्ष निर्देशनमा समेत डेब्यु गर्नेछिन् ।

कमेन्ट गर्नुहोस्