पावर स्टार यसरी बन्दैछन् ‘सिके राउत’

फिल्म । मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारित रहेर निर्माण हुने भएको छ । ‘डा. सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा र ५० प्रतिशत फिल्मी कथा जोडेर निर्माण हुने फिल्ममा उनको भूमिकालाई प्रदेशी शाहले निर्वाह गर्नेछन् । भोजपुरी फिल्ममा पावर स्टारको ट्याग पाएका प्रदेशीले आफ्नो लागि यो अवसर र चुनौती दुवै भएको बताउछन् ।

भोजपुरी फिल्म एसपी खरेल मार्फत उनले अभिनेताको रुपमा डेब्यु गरेका थिए । विरगंज वासी प्रदेशीको डेब्यु फिल्म भने ‘मान्छे पनि कस्ता कस्ता’ नामक नेपाली नै थियो । तर , उनि भोजपुरीमा पुगेर त्यहा नै स्थापित भए । ‘मलाइ नेपाली फिल्ममा स-सानो रोल गर्ने क्रममा प्रस्ताव आयो र भोजपुरी फिल्ममा लागे’ उनले भने ।

उनलाई तात्कालिन समयको चर्चित एसपी रमेश खरेल झैँ निडर पुलिसको कथामा फिल्म बनाउने प्रस्ताव सुरेन्द्रलाल प्रधान मार्फत आएको थियो । दुइको सल्लाहपछि भोजपुरी फिल्ममा उदय भए प्रदेशी । त्यसपछि उनले प्यार किया तो डरना क्या , दिवाना २ , जय मधेश , दिलवाले सहित ६ वर्षमा लगभग डेढ दर्जनको हाराहारीमा फिल्ममा अभिनय गरे । पछिल्लो समय उनि सिके राउत बन्दैछन् । ‘मैले सक्दो कोसिस गरिरहेको छु , आफुलाई उहा झैँ बनाउन’ उनले भने । उनले टिजर बन्नु अगाडी २ दिन जति उनको सङ्गत गरेका थिए भने अब २ हप्ताको समय लिएका छन् ।

‘उहाको समय र हाम्रो समय निकालेर दुइ हप्ता संगै रहने पक्का भएको छ’ प्रदेशी भन्छन् ‘उहाको बारेमा सुन्दै र पढ्दै आएको छु यतिबेला अब बुझ्ने मौका पाएको छु ।’ उनि आफुलाई दुरुस्तै सिके राउत देखाउन चाहन्छन । ‘उहाको मुडलाई बुझेर त्यसै अनुसार आफुलाई तयार गर्ने छु’ उनले भने ‘यो मेरो लागि अवसरसंगै चुनौती पनि हो ।’ किनकी भोजपुरी फिल्म बढी तराइमा चल्छ , जहाँ नेता राउतको वर्चश्व छ । विजेता गिरीको प्रस्तुति रहने फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन ।

यसमा प्रदेशीसंगै धुर्ब कोइराला, पुकार भट्टराई, बिशाल पहाडी, किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन् । रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने यसमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । फिल्म नेपाली भोजपुरी र हिन्दी भाषामा बन्ने छ ।

कमेन्ट गर्नुहोस्