एन्जेलिनालाई चोरीको आरोप

फिल्म । हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्मको कथा चोरीको आरोप लागेको छ । अभिनेत्री जोलीका दुई सन्तानलाई सांकेतिक भाषाको प्रशिक्षण दिइरहेकी प्रशिक्षक एन्टोनेट एब्बामोन्टेले आफ्नो विचार चोरेर अभिनेत्री जोलीले फिल्म बनाएको आरोप लगाएकी छन् । ‘अभिनेत्री एन्जेलिना जोलीले संसारलाई सहयोग गरेजस्तो गरेर मेरो विचारमा आधारित कथा चोरिन्,’ अभिनेत्री जोलीलाई सांकेतिक भाषा सिकाउने प्रशिक्षकले भने । सुपरहिरोमा आधारित ‘द इन्टर्नल्स्’ फिल्म आफ्नो कथा भएको दाबी उनले गरेका छन् ।

प्रशिक्षक एब्बामोन्टेले अभिनेत्री जोलीका दुई सन्तानलाई सन् २०१६ देखि अमेरिकी सांकेतिक भाषाको प्रशिक्षण दिएका थिए । ‘मैले अभिनेत्री जोलीलाई सोधेको थिएँ यस्तो कसरी भयो ? उनले संसारमा रहस्यमय तरिकाले काम हुने प्रतिक्रिया दिइन् ।’ प्रशिक्षक एब्बामोन्टेले भनिन् । उनले सन् २०१८ मा अभिनेत्री जोलीसँग नियमित सुपरहिरोको कथामाथि छलफल भएको इमेल समेत सार्वजनिक गरेकी छन् ।

सुपरहिरो कथामा आधारित ‘द इन्टर्नल्स्’ फिल्मको कथामा अभिनेत्री जोलीको मात्र अधिकार नहुनुपर्ने तर्क उनले गरेकी छन्। गत सेम्टेम्बरमा प्रशिक्षक एब्बामोन्टेका वकिलले अभिनेत्री जोलीको कानुनी सल्लाहकारलाई बौद्धिक अधिकार चोरी गरेको आरोप लगाउँदै पत्राचार गरेको थियो । सुस्त श्रवणशक्ति भएकी एब्बामोन्टेका अनुसार अभिनेत्री जोलीले बारम्बार संगीत सुनेर नाच्न सक्ने वा नसक्ने भनेर जिज्ञासा राख्ने गर्थिन् । ‘उनी मेरो वास्तविक जीवनशैलीमाथि अनुसन्धान गरिरहेकी हुँदा मेरो सामु रमाइलो शैलीमा प्रस्तुत हुने गर्थिन्,’ उनले भनिन्। अभिनेत्री जोलीले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्। गत अक्टोबरमा उनी अभिनित ‘मेलफिसेन्टः मिस्ट्रेस अफ ईभिल’ फिल्म रिलिज भएको थियो । ‘द इन्टर्नल्स्’ लाई क्लो झावोव्र्किनले निर्देशन गरिरहेका छन् । ‘द इन्टर्नल्स्’ सन् २०२० को नोभेम्बर ६ मा रिलिज हुनेछ।

कमेन्ट गर्नुहोस्