कमेन्ट गर्नुहोस्
‘प्रसाद २’ लाई सुदर्शनले निर्देशन गर्ने

फिल्म । दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेललाई उनले निर्देशन नगर्ने घोषणा गरेका थिए । राउतको घोषणा पश्चात निर्माता सुभाष थापाले अनुबन्धित गरेको निर्देशक सौरभ चौधरीले समेत अब फिल्म निर्देशन नगर्ने भएका छन् । निर्माण टिमसँग क्रिएटिभ डिफरेन्सेस भएपछि उनको स्थानमा ‘प्रसाद २’ लाई सुदर्शन थापाले निर्देशन गर्ने भएका हुन् । फिल्मको लागि सुदर्शन अनुबन्धित भइसकेका छन् ।
केही दिनदेखि उनी लेखक सुशील पौडेलसँग नयाँ बानेश्वरको एक होटलमा बसेर स्क्रिप्टलाई ‘लक’ गर्न व्यस्त रहेको बताइन्छ । फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहने छ । फिल्म दसैँ अगाडी नै छायांकनमा जाने तयारी छ । विश्वस्त स्रोत अनुसार फिल्म यसै वर्षको अन्त्यमा प्रदर्शन हुनेछ ।






