उनले सोसल मिडिया मार्फत नै सलमानलाई धन्यवाद पनि दिएका छन् । उनले शुटिङ निकै रमाइलो भएको र आफुलाई घरेलु वातावरण प्रदान गरेको भन्दै धन्यवाद दिएका हुन् । फिल्मलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गर्दैछन । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा हुनेछिन् । साथै , फिल्मको विषयवस्तु पनि लिक भएको छ । फिल्म पछिल्लो समय समस्यामा परेका किसानको वरिपरी घुम्ने छ । किसानले भोगीरहेको समस्याको समाधान चुलबुल पाण्डेले गर्नेछन् । पछिल्लो समय भारतमा भू माफियाले किसानको जमिन हडपेको खबरले निकै चर्चा पाएको थियो । यसपटक दबंगको तेस्रो सिरिजमा यसै विषयवस्तुलाई समेटिएको खबर बाहिर आइरहेको छ । फिल्ममा सलमान खान र सोनाक्षी बाहेक अन्य कलाकारहरु खुलाइएको छैन् । तर फिल्ममा अरबाज खान पनि महत्वपूर्ण भूमिकामा हुनेछन् ।Heat was unbearable yet couldn’t dominate the energy on set,,,, it was a thrilling day,, fabulous unit,, fantabulous people,,,,, a humongous Gym set up on Location is an added bonus. 1st day of #Dabangg3 wrappes wth smiles. Thanks @BeingSalmanKhan sir for making me feel at home. pic.twitter.com/MAdKTsVAlH
— Kichcha Sudeepa (@KicchaSudeep) May 4, 2019
कमेन्ट गर्नुहोस्










