फिल्म । अभिनेत्री रागिनी द्विवेदी पक्राउ परेकी छिन् । कन्नड फिल्मकी यी अभिनेत्रीलाई भारतीय प्रहरीको केन्द्रीय अपराध शाखाले पक्राउ गरेको हो । लागुऔषधको विषयलाई लिएर प्रहरीले उनलाई हिरासतमा लिएको जनाएको छ ।
सीबीसीको एक टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो । मादक पदार्थ ब्युरो (एनसीबी) ले बैङ्लोरबाट तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागेको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










