कलाकार खोज्दै ‘रुमानी रङ्ग’

फिल्म । अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने फिल्म ‘रुमानी रङ्ग’को लागि विदेशी कलाकार छनोट गरिने भएको छ । निर्माण पक्षले एक सुचना जारी गर्दै छायांकन हुने स्थान अष्ट्रेलियामा कलाकार छनोट गरिने जानकारी दिएको छ । निर्देशक अनिल योञ्जनका अनुसार लिड रोलमै रहने कलाकार अष्ट्रेलियन नै हुनेछन भने अन्य पाँच जना सामान्य भूमिकाका लागि छनोट हुनेछन् ।

उनले दुईसय १६ जनाले अनलाइनमार्फत आवेदन दिएको र त्यसबाट चाहिने कलाकार छनोट गरिने बताए । सो कार्यलाई अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले गरिरहेको छ । निर्देशक योञ्जनकै पटकथा र संवाद रहेको फिल्मलाई ग्लोबल मिडिया, आविष्कार बहुसञ्चार प्रालिले निर्माण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्