प्रेम दिवस गीत रिलिज : आयुष्मान र विशालको रोजाई प्रियंका (भिडियो )

52 Shares

फिल्म । आउँदो जेष्ठ ३१ लाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘प्रेम दिवस’ को नयाँ गीत सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ‘बरु अर्को जुनी’ बोलको गीतमा मलिना राई र निशान भट्टराईको स्वर छ । शान्ति प्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै नव-नायक विशाल खरेल फिचर्ड छन् । सार्वजनिक गीतमा आयुष्मान प्रियंकासँग विछोडमा देखिएका छन् भने नव नायक विशालको मायामा प्रियंका छिन् । गीत सार्वजनिक गर्दै निर्देशक योगेश घिमिरेले कुनै सम्झुता नगरिएको बताए । ‘हामीले गीतमा कुनै सम्झुता गरेका छैनौ’ उनले भने ‘यसले फिल्मको कथाको सार बोल्छ ।’

फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । निर्देशक घिमिरे फिल्मलाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

Facebook Comments