झुण्ड होइन टिम

फिल्म । फिल्म ‘झुण्ड’ प्रदर्शनरत छ । भारतमा सुकुम्बासी बस्तीकेन्द्रीत भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’ को आकर्षण भनेकै अमिताभ बच्चन र निर्देशक नागराज मञ्जुले हुन् । अमिताभको फ्यान फ्लोईङ चर्चा गर्नै पर्दैन भने नागराजले ‘सैराट’ जस्तो मराठी फिल्म निर्देशन गरेर आफ्नो प्रतिभा प्रस्ट्याईसकेका छन् । मराठी फिल्म निर्देशन गर्दै आफ्नो करियर अगाडी बढाई रहेका नागराजको हिन्दी भाषाको फिल्ममा यो डेब्यु हो ।

‘झुण्ड’ मा विजय बार्सेको भूमिका अमिताभले निर्वाह गरेका छन् । यो उनको जीवनमा आधारित ‘स्पोर्टस् ड्रामा’ फिल्म हो । बार्सेले ‘स्लम सक्कर’ नामक गैरसरकारी संस्था चलाएका थिए । उक्त संस्थाबाट उनले अल्पसंख्यक समुदाय र भारतका सुकुम्बासी बस्तीका युवा तथा बालबालिकाको जीवनमा खेलकुदबाट परिवर्तन ल्याउने काम गरेका थिए । सुकुम्बासी बस्तीमा रहेका उदेश्यहिन युवा तथा बालबालिकालाई खेलको माध्यमबाट जीवनमा परिवर्तन ल्याउने कथालाई फिल्ममा देखाइएको छ ।

फिल्मको एक दृश्यमा बस्तीका एक युवा आत्महत्याको प्रयाशमा रेलको लिकमा हुन्छन् । आफ्नो गरिबी र जीवन जिउने चाहना समाप्त भएपछि उनले हिम्मत गरेर आफुलाई समाप्त गर्न आएका हुन्छन् । तर , उनले त्यसो गर्न सक्दैनन् । प्राण त्याग्न नसकेपछि उनि कसैगरी विजयले आयोजना गरेको फुटवल टुर्नामेन्टमा आइपुग्छन् । त्यहाँ आफु जस्तै सुकुम्बासीका युवाहरुको खेल देखेर अडिएका ती युवालाई खेल खेल्ने प्रस्ताव आउछ । एक टिममा गोल किपरको अभाव भएपछि उनले त्यहाँ मौका पाउछन् । फलत उनि खेलको माध्यमबाट आफ्नो जीवनको नैराश्यता हटाउन सफल हुन्छन् । फिल्मको मुख्य सार नै यहिँ हो । खेलको माध्यमले जीवन परिवर्तन गर्न सकिन्छ ।

हामीले समस्या त धेरै नै देख्छौ । यद्दपी त्यसको समाधानमा कहिले अग्रसर भयौ त ? यो प्रश्न फिल्म ‘झुण्ड’ ले उब्जाउछ । फिल्ममा एक रियार्ड हुन् लागेका शिक्षकले सुकुम्बासी बस्तीका युवाहरुमा ल्याउने परिवर्तनलाई देखाइएको छ । यसले धेरै प्रश्न र तीनको समाधान बताउछ । ‘सैराट’ मा निर्देशक नागराजले हाम्रो समाजको तीतो समस्यालाई देखाएका थिए । यसपटक समस्या र त्यसमा ल्याउने सकिने परिवर्तनको संकेत गरेका छन् ।

फिल्म विजय बार्सेको जीवनसँग प्रभावित त छ नै । उनले यसलाई विश्वव्यापी बनाउने प्रयाश गरेका छन् । एक साधारण शिक्षकले कसरी बस्तीमा रहेका लक्ष्यहिन युवाको गलत आदत छुटाएर उदेश्यको मार्गमा पुर्याउछ भन्ने कथालाई फिल्ममा जीवन्त रुपमा निर्देशक नागराजले उतारेका छन् । फिल्मको सुरुवातमै दुइ समाजलाई देखाइन्छ । त्यहाँ देखिद दुइ समाजको बीचमा केहि फिटको पर्खाल छ । तर , ती दुइ समाजमा रहेको अन्तर धेरै नै छ । एकातर्फ शिक्षित समाज छन् भने अर्को तर्फ बाच्नलाई संघर्ष गर्ने बस्ती ।

निर्देशक दुइ समाज बीचको पर्खालले धेरै तथ्यलाई दर्साएका छन् । बस्तीमा बस्ने युवाहरु सामाजिक रुपमा ठिक छैनन् । तिनलाई फोहोरले निम्त्याउने रोगको डर छन् । जीविका चलाउनलाई रेलबाट कोइला मात्र चोर्दैनन , मोबाइलसँगै चेन , घडी लगायतका मुल्यवान वस्तुहरु पनि उठाउछन् । यद्दपी यिनीहरुमा एक चिज समान छ , त्यो हो खेल । एक पटक त्यो बस्तीमा पुगेका विजयले त्यहाँका बच्चाले खेलेको खेल देख्छन । यद्दपी तिनीहरुसँग फुटवल हुदैन । तर , टेक्निक हुन्छ । आफ्नै शैलीमा ।

त्यो देखेपछि उनले फुटवल लिएर ती युवाहरु समक्ष पुगेर प्रस्ताव राख्छन । ‘तिमीहरुले ३० मिनेट फुटवल खेल्यौ भने म ५ सय रुपैयाँ दिन्छु’ विजयले राखेको यस्तो प्रस्तावमा पत्यार गर्दैनन् । यद्दपी पैसा पाउने आशमा त्यहाँ रहेका बच्चा तथा युवाले फुटवल खेल्छन । कोहि जुवा त कोहि तास त कोहि नशा गरिरहेका सम्पूर्ण युवा फुटवल खेल्न आउछन । विजयले ती युवाहरुलाई गलत बाटोबाट हटाउन नै यस्तो गरेका हुन्छन् ।

विजय त्यहाँ पुगेपछि बच्चा र युवायुवतीले गर्ने व्यवहारले पटक्कै फरक पार्दैन । किनकी उनलाई थाहा छ , उनि त्यहाँ के गर्दैछन् भन्ने । विस्तारै केहि दिन फुटवल खेलेपछि ती बस्तीमा रहेका युवायुवतीसँगै बच्चाहरुलाई फुटवल खेल्ने बानी लाग्छ । उनीहरु नशा मात्र गर्न छोडदैनन , जुवा ताससँगै चोरी समेत छाडेर उक्त समय फुटवललाई दिन्छन । यो देखेपछि एक दिन विजय फुटवल लिएर पुग्दैनन् । निर्धारित समयमा फुटवल लिएर विजय नआएपछि ती टोली उनको घर खोज्दै पुग्छन् ।

यद्दपी विजयले आफुसँग पैसा नभएकोले नआएको बताउछन् । यद्दपी त्यो भिडलाई लत लागिसकेको छ । त्यसैले उनीहरु उधारो वा सित्तैमा फुटवल खेल्न प्रतिबद्ध रहेको भन्दै बल माग्छन् । यहाँ आएर विजयको सपनाले एक खुड्किलो पार गर्छ । त्यसपछि उनले ती टिमलाई खेलको सामान्य ज्ञान दिन्छन् । साधारण स्पोर्ट्स टिचर भएता पनि उनलाई ती युवायुवतीमा बदलाव नजर आउछ ।

यसै क्रममा उनले शिक्षित समाजमा रहेको कलेजका विद्यार्थीसँग फुटवल खेलाउने तयारी गर्छन् । रिटायर्ड हुन् लागेकोले उनलाई सजिलै अनुमति प्राप्त हुन्छ । त्यहाँ खेलमा बस्तीको टिमले प्रशिक्षण लिईरहेका टिमलाई हराएपछि विजयलाई ‘टुर्नामेन्ट’ गर्ने आइडिया आउछ । उनले विभिन्न उपाए गरेर टुर्नामेन्टको अनुमति लिन्छन् । बस्तीमै रहेका भारतका सम्पूर्ण खेलाडीलाई त्यहाँ बोलाइन्छ र टुर्नामेन्ट गराइन्छ ।

सुरुवाती दिनहरुमा टुर्नामेन्ट भइरहेको कलेजलाई ती बस्तीबाट आएकाहरुले आफु झैँ बनाउन खोज्छन् । तर , एक पटक म्याचकै समयमा झगडा भएपछि ती बस्तीका खेलाडीहरुमा आउने सुधारले विजयलाई खुसी बनाउछ । त्यसपछि विश्वभरका ‘बस्तीका टिम’ को वर्ल्डकपसम्म खेलाडी पुर्याउन गर्नु पर्ने संघर्षलाई फिल्ममा देखाइएको छ । एक गरीव छोरी , तीन सन्तानकी आमा , अपराधमा लागेको युवालाई कसरी खेलको माध्यमले सकारात्मक बाटोतर्फ लगाउन सकिन्छ भन्ने संदेश फिल्मले दिन्छ ।

सरकारले गर्नु पर्ने कामलाई एक व्यक्तिले कसरी गर्न सके भन्ने मात्र दर्साईएको छैन । सल्मडगहरुको वर्ल्डकपमा सहभागी हुन विदेश जानु पर्दा खर्च जुटाउन भएको समस्या , पासपोर्ट बनाउन भोग्नु पर्ने समस्यालाई पनि देखाइएको छ । यसले सरकारी संयन्त्र कस्तो छ ? भन्ने पनि दर्साएको छ । यति मात्र नभई फिल्मको एक दृश्यमा ‘वर्ल्ड कप’ खेल्न विदेश जान खर्च जुटाइरहेको समयमा एक व्यक्ति सहयोग गर्न आउने दृश्य निकै सशक्त छ । केहि समय अगाडी त्यहिँ बस्तीका बच्चाहरुलाई चन्दा दिन अस्वीकार गरेका एक व्यवसायी उनीहरुको सदमार्गमा भने साथ् रहेको दृश्य प्रसंशनीय छ । त्यहाँ समाजले मोटिभेट गर्ने पात्रहरु पनि छन् भन्ने देखाइएको छ ।

यसमा अभिनय गर्ने कलाकारहरुमा परिचित अमिताभ हुन् । उनि बाहेक केहि अधिकारीहरुका भूमिकामा चिनिएको अनुहार देखिएता पनि अन्य फ्रेस देखिन्छन् । यद्दपी उनीहरुले निर्वाह गरेको भूमिका जीवन्त छ । फिल्मको कास्टिङलाई निर्देशक नागराजले निकै सोच विचार गरेर कास्ट गरेका छन् । फिल्मले सुरुवाती समयमा देखाएको समस्याको समाधान पनि ‘क्लाइमेक्स’ मा देखाएको छ ।

अशिक्षित समुहलाई शिक्षित समुहले वे-वास्ता गर्दा र वास्ता गर्दा आउने परिणामलाई यसमा देखाइएको छ । नागराजले अघिल्लो फिल्म ‘सैराट’ झैँ यसबाट पनि दर्शकको मस्तिस्कमा आफ्नो छाप छाड्न सफल भएका छन् । उनकै लेख्न रहेको फिल्मले मनोरञ्जन पनि दिन्छ । तर , त्यसको तरिका फरक छ । यो फिल्मले तपाइँलाई गलतबाट सहि तर्फ ध्यान केन्द्रीत गर्न मदत गर्छ । यसले तपाइँलाई समस्यासँग भाग्न नभई डटेर अगाडी बढ्न सुझाउछ । फिल्ममा अमिताभसँगै रिन्कु राजगुरु, आकाश थोसर, विक्री कदैन, गनेश देशमुख लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले ‘झुण्ड’ भएर लयहीन रहेका युवाहरुलाई ‘टिम’ बनाएर उदेश्य कसरी दिइन्छ भन्ने संदेशलाई फिल्मी शैलीमा प्रस्तुत गरेको छ । त्यसैले त फिल्म हेरिसकेपछि पनि तपाईलाई अमिताभले बोल्ने डायलग याद आउँछ ,’झुण्ड नहीं , टिम कहिए ।’

कमेन्ट गर्नुहोस्