
फिल्म । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको फिल्म ‘नमेटिने घाउ’ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्वरांकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका राजनीतिज्ञको समेत अभिनय रहेको फिल्मको स्वरांकनको काम धमाधम भइरहेको छ । शुक्रबार रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले आफ्नो दृश्यमा संवाद भरेका हुन् । स्वरांकन गर्दै उनले आफूलाई फरक अनुभूति भएको महसुश भएको बताए ।
एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ । फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।