फिल्म । फिल्मकर्मी आफ्नो फिल्मको प्रचारप्रसार दर्शकसँग प्रत्यक्ष रुपमा गर्न चाहन्छन् । यस्तै मौका सदुपयोग गरे होलीमा । बुधवार पहाडी तथा हिमाली भेगमा मनाइएको होलीमा फिल्मकर्मी आफ्नो टिमसहित पुगेर फिल्मको प्रचारप्रसार गरे । यस वर्ष प्राय फिल्मकर्मीलाइ भेटियो , नयाँ वानेश्वरमा आयोजना गरिएको होलीमा ।
अघिल्ला वर्ष झैँ यस वर्ष पनि रेडियो अडियोले आउँदो वर्षको वैशाख २० मा रिलिज हुने फिल्म ‘दाल भात तरकारी’ सँगको सहकार्यमा होली हंगामा कार्यक्रमको आयोजना गर्यो , जहाँ प्राय कलाकार देखिए । कार्यक्रममा चर्चित हाँस्य कलाकार हरिवंश आचार्य, कलाकार दिपकराज गिरी, जितु नेपाल, सुरेन्द्र केसीले आफ्नो प्रहसन मार्फत दर्शकलाई मनोरंजन प्रदान गरे ।
दीपकले एक गीतमा अभिनेत्री वर्षा राउतसँग नृत्य गरे । कार्यक्रममा पुगेकी प्रियंकाले होलीलाई सद्वावकै रुपमा मनाउन आग्रह गर्दै मदिरा सेवन र भाङ् खाएर सवारी साधन नहाक्न आग्रह गरिन् । कार्यक्रममा चैत्रको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘यात्रा’को टिम पनि पुगेको थियो । नायक सलिनमान बनियाँ, नायिका मलिका महत्त, कलाकार सलोन बस्नेत, निर्माताद्धय केशव भट्टराई र सुशिल पोखरेल, निर्देशक सम्राट शाक्य कार्यक्रममा उपस्थित थिए । सलिनले दर्शकलाई फिल्म हेरेर आफ़ुलाइ अगाडी बढ्ने सल्लाह मात्र मागेनन् , चट्ट रुमालमा नृत्य पनि गरे ।
नृत्यकै क्रममा पुष्प खड्का र आँचल शर्माले पनि ‘दाल भात तरकारी’ को शिर्ष गीतमा नृत्य गरेका थिए । यस्तै, चैत्र १५ गतेबाट रिलिज हुन लागेको दुइ फिल्म ‘साईली’ र ‘शुभ लभ’ टीम पनि प्रचारप्रसारको लागि कार्यक्रममा पुगेका थिए । नायक दयाहाङ राई, नायिका मेनुका प्रधान लगायतले फिल्म हिट गीत ‘साईली’ को प्रि-क्वेल रहेको बताए । यसैगरि चर्चित युवा ज्योतिष हरिहर अधिकारी आफ्नी दुइ नायिका क्रिस्टिन पौडेल र सूर्या थापासँग पुगेका थिए । हरिहर र सूर्याले शिर्ष गीतमा नृत्य गरे साथै फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
तस्वीरहरु : गणेश बस्याल












