‘परान’ हेर्ने दर्शक निरन्तर बढ्दै

फिल्म । प्रदर्शनरत फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । वितरकका अनुसार शनिबार मात्र यस फिल्मले १ करोड २८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नीर शाह अभिनीत ‘परान’ले बलियो वर्ड अफ माउथ (मौखिक प्रचार) का कारण दोस्रो सातामा समेत पहिलो साताभन्दा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

निर्देशक दीपक प्रसाद आचार्यको डेब्यू निर्देशनमा तयार भएको यस फिल्मलाई गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्य सहस्वामित्वमा रहेको बाइस्कोट सिनेमाले निर्माण गरेको हो।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, र बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्