फिल्म । प्रदर्शनरत फिल्म ‘हजार जुनीसम्म’ मार्फत आर्यन सिग्देलमा राम्रो प्रसंसा बटुलिरहेका छन् । फिल्ममा उनि दुइ गेटअपमा छन् । उनको आफ्नो उमेर समुह र बुढ्यौलीको दुइ अवतारमा प्रस्तुत छन् । यिनै आर्यनको आउँदो फिल्म ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ ।
उनको साथमा को-स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेकाछन् । पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको रहेको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले डिजाइन गरेका हुन् । मङ्सिर ६ मा रिलिज हुने फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउंदैछन् ।
लभर ब्वाईको भूमिकामा सर्वाधिक रुचाइएका चकलेटी हिरो आर्यन र ‘लालपूर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी मिरुनाले अनस्क्रिन रोमान्स गरेका छन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ ।
‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।