सोनाम पतिसंगै क्वारेन्टाइनमा

फिल्म । गत वर्ष चीनको वुहानबाट निस्किएको भनिएको कोरोना भाइरस अहिले विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गरेपछि झनै यसको त्रास बढ्दो छ । लण्डनमा पनि कोरोना भाइरसले समस्या पाएको छ । यहिँ बाट भारत फर्किएकी बलिउड कलाकार सोनाम कपूर आफ्नो पति आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन् ।

मंगलबार भारत फर्किसकेपछि सोनमले आफ्नो इन्स्टाग्राम स्टोरीमा भिडियो हाल्दै आफू पतिसंगै क्वारेन्टाइनमा बस्न लागेको बताएकी छिन् । उनीहरुले आफूमा कोरोनाभाइरसको संक्रमण नदेखिए पनि परिवारसँग बस्ने हुँदा क्वारेन्टिन बस्न लागेको जानकारी गराएका हुन् । कपुरले भारत फर्किनुअघि आफूले मास्क लगाएको तस्विर हालेकी थिइन्।

कमेन्ट गर्नुहोस्