गजित बने ‘रावण’ (भिडियो)

संगीत । मनिष बशिष्टको शब्द, संगीतमा तयार भएको ‘रावण’ कन्टेनमा बेस्ड भिडियो रहेको छ । यो गीतमा साजल न्यौपाने र मनिष बशिष्टको आवाज छ । पछिल्लो समय भ्यूज धेरै जाने वित्तिकै गीत हिट भनेर मख्ख हुने चलन पनि छ । यसले भिडियोमा क्रियशन भने हराउँदै गएको छ । छोटो समयको चर्चाका लागि सस्तो लोकप्रियता खोज्दा सर्जकको मौलिकता र श्रृजना हराउँदै गएको छ । यस भिडमा नपर्ने भिडियो हो ‘रावण’ ।

भिडियोमा नायक गजित बिष्टलाई रावण अवतारमा देख्न सकिन्छ । गम्भिर विष्टको निर्देशनमा तयार भएको यो भिडियोमा गजित बिष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । भिडियोमा गजित बिष्टलाई मात्र देख्न सकिन्छ । तर, उनले आफूलाई भर्सटायल कलाकारको रुपमा प्रस्तुत गरेका छन् ।

कमेन्ट गर्नुहोस्