वीरगञ्जमा ‘चलचित्र महोत्सव’ हुँदै

फिल्म । हरेक वर्षको असोज १ गतेलाई ‘फिल्म दिवस’ को रुपमा मनाउदै आइएको छ । यसै सन्दर्भमा यस पटक चलचित्र निर्माता संघले आउँदो १ देखि ३ सम्म मध्य तराइ वीरगञ्जमा ‘चलचित्र महोत्सव’ को आयोजना गर्ने भएको छ । निर्माता संघ तथा चलचित्र विकास बोर्डको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह-आयोजनामा महोत्सव गर्न लागिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जनाएका छन् ।

उनले वीरगञ्ज पुगेर आइतबार होटल तथा पर्यटन व्यवसायी संघसँग महोत्सवबारे छलफल गरेका छन् । तीन दिन चल्ने महोत्सवमा मैथली, भोजपुरी, नेपाली भाषाका फिल्मको प्रदर्शन, स्थानीय सँस्कृति झल्कने झाँकी प्रदर्शनी, फिल्मसम्बन्धी चर्चा र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुतिको कार्यक्रम तय भएको बुझिएको छ । नेपाली फिल्मको लागि कम्जोर मार्केट मानिने वीरगञ्जमा हुने महोत्सवले नेपाली फिल्मको प्रवर्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

कमेन्ट गर्नुहोस्