संगीत । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रदिप चापागाईंको शब्द र कल्याण सिंहको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोमा विकाश लामिछाने , आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ । आकाश र करुणाको जोडीसँग विकाश देखिएका हुन् ।
प्रेम र बिछोडको कथामा तयार भएको भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाईको छायांकन , अनिता ग्वाचाको मेकअप र विकाश धमलाको सम्पादन रहेको छ।

कमेन्ट गर्नुहोस्











