छायाँकनमा ‘रे’

फिल्म । केहि समय यता फिल्मकर्मीले छायाँकनको लागि छाडेको स्थान चोभारमा फिल्म ‘रे’ को छायाँकन धमाधम भईरहेको छ । फिल्मको एक्सन सिनको छायाँकनमा महँगो खर्च गरिएको यसका निर्देशक दिनेश पौडेलले जानकारी दिएका छन् । सिनको डिमाण्ड अनुसारनै छायाँकन भइरहेको एक्सन सिनमा निर्माण टिमले महँगो खर्चमा हेलिकप्टर समेत उडाएको छ ।

यस फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजता थापा, क्रान्ति बराइली लिड रोलमा छन् । केही दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिने निर्माता राजेन्द्र त्रिपाठीले बताए । सवा करोडमा फिल्मको निर्माण सम्पन्न हुने उनको आँकलन छ । आउँदो तीजमा फिल्म रिलिज हुनेछ ।

यस फिल्ममा दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । सगुन फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा अभि जोशी, रक्षा गुरागाइँ, पुर्णिमा लामालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि फिल्मको कथा घुम्ने निर्देशक पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्