फ्राइडे फिल्म : हलमा ‘फूलबारी’

फिल्म। फ्राइडे रिलिज अन्तर्गत यसहप्ता नेपाली एकमात्र फिल्म ‘फूलबारी’ प्रदर्शन गरिएको छ। अवकाशप्राप्त शिक्षकको जीवनी देखाईएको फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, सोमनाथ खनाल,अनुपम शर्मा, मनिष ढकाल,गौमाया गुरुङ्ग, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई छन्।

यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ भने यसलाई रामबाबु गुरुङ्गले निर्देशन गरेकाछन् । अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारनै यसको मूल कथा हो। प्रदर्शनको पुर्व सन्ध्यामा काठमाडौंमा गरिएको प्रिमियरमा हेर्न आइपुपुगेका कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएकाछन्। विशेषत शिक्षक जय नारायणको भूमिकामा देखिनुभएका अभिनेता कार्कीको चर्चा भयो।

कमेन्ट गर्नुहोस्