चर्चामा कार्तिक र श्रीलीला

फिल्म । बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय अनुराग बासुको निर्देशनमा तयार हुने नयाँ फिल्मको लागि तयारीमा छन् । फिल्मको नाम ‘आशिकी ३’ राख्ने भनिएता पनि निर्माता भुसन कुमार र महेश भट्टको आपसी द्वन्द्वको कारण यसमा अन्यौलता बढेको छ । यद्यपि फिल्ममा कार्तिकले साउथ इन्डियन सुन्दरी ‘किसिक गर्ल’ श्रीलीलासँग रोमान्स गर्ने पक्का भएको छ ।

यी दुई फिल्ममा रहने टिजरसमेत सार्वजनिक भईसकेको छ । यसै बीच यी दुईको सामीप्यता बढेको चर्चा पनि बि-टाउनमा बढेको छ । हालै कार्तिककी आमाले आफ्नो बुहारी मेडिकल सेक्टरको हुनु पर्ने जवाफ दिएपछि श्रीलीलासँगको सम्बन्धले पुनः चर्चा पाएको छ । किनकि उनी मेडिकल विद्यार्थी हुन् भने सन् २०२१ मा एमबीबीएस पूरा गरेकी थिइन् ।

कार्तिकको परिवारमा उनी बाहेक आमा, बुवा र बहिनि मेडिकल पेसामा आवद्ध छन् ।

कमेन्ट गर्नुहोस्