सौन्दर्य । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । उनले शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ सुन्दरीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहराईदिईन् ।
उक्त प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतलेले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि प्राप्त गरे । यो वर्ष ‘मिस वर्ल्ड’ मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन् ।
कमेन्ट गर्नुहोस्