अर्ति आफैमा लागु गर्ने कि ?

फिल्म । पछिल्ला दिनमा सुरक्षा पन्तको ज्ञानको दायरा बढेको बढ्यै छ। नेपाली फिल्मको आगत–विगतदेखि नेपाली फिल्मको दुर्दशाका सम्बन्धमा पनि सुरक्षा मज्जाले गफ दिन सक्छिन्। त्यही भएर उनले अनमोल केसी, प्रदीप खड्काहरूलाई दिने पैसा फिल्मको स्क्रिप्टमा लगाए गतिलो फिल्म बन्ने धारणा राखेकी थिइन्। उनले नामै तोकेर अनमोलले लिइरहेको ५० लाख बढी भएको बताएकी थिइन्।

फिल्म निर्माणमा यत्तिको ज्ञान राख्ने भएपछि सुरक्षाले आइन्दा खेल्ने फिल्मको स्क्रिप्ट खतरै होला भन्ने धेरैको अनुमान थियो। उनले हिरोको पारिश्रमिकमा औँला ठड्याएपछि गरेको पहिलो फिल्म ‘घर’ थियो । त्यसैले ‘घर’को स्क्रिप्ट बबालै होला भन्ने धेरैको अनुमान थियो । तर, गत शुक्रबार रिलिज भएको फिल्मले यही कुरामा सबैभन्दा ज्यादा आलोचना खेपेको छ । हरर जान्रको फिल्मलाई साउन्डका भरमा मात्र दौडाउन खोजिएको छ । सुरक्षाले दुनियाँलाई त स्क्रिप्टको महत्व बुझाइन्। तर, आफ्नै फिल्मका निर्देशक अर्पण थापालाई बुझाउन बिर्सिइन् । अर्ती दिने मान्छेले आफैँ पनि लागू गरेर देखाए पो !

(सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्