‘एक भगवत गीता’को टिजर सार्वजनिक

फिल्म । भदौ २९ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘एक भगवत गीता’को टिजर सार्वजनिक भएको छ । बारम्बार नाम परिवर्तन भएको टिजरमा विपिन कार्की अल्पसंख्यकको चरित्रमा छन् ।

जनकपुरको परिवेशमा खिचिएको फिल्मको सुरुवाती नाम ‘भागवत गीता’ थियो । हिन्दुवादी संगठनले विरोध जनाएपछि फिल्मको नाम परिवर्तन गरी ‘भगवत् गीता’ बनाइएको थियो । टिजर आउँदासम्म फिल्मको अगाडि ‘एक’ थपिएको छ ।

झरना थापाको निर्देशन रहेको फिल्ममा कवीर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर र धीरज ठाकुरको पनि अभिनय छ ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथालाई झरनाको हो भने पटकथा लेखनमा उनले सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको सहायता लिएकी छिन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ ।

कमेन्ट गर्नुहोस्