दया भन्छन् ‘माछा माछामा म अन्फिट’

फिल्म । अभिनेता दयाहाङ राई निर्माता बनेका छन् । केहि समय अगाडीबाटै निर्माण तथा निर्देशनमा आउने चर्चा चलिरहदा उनको निर्माण रहेको फिल्म ‘माछा माछा’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्म निर्माणमा उनलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले सघाएका छन् । सिनेमा आर्ट्को प्रस्तुति रहेको फिल्म मार्फत नै दयाको निर्माणमा डेब्यु भएको हो । यद्दपी फिल्ममा उनको केमियो मात्र छ । ‘आफु सुहाउने पात्र नभएपछी फिल्म नगरेको हुँ’ दयाले भने ,’कथा सुन्दा नै म कतै नहुने पक्का भएको थियो ।’

सुनिल गुरुङको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ केन्द्रिय भूमिकामा छन् । ‘सुनिले सुनाएको कथा र उसले मेकिङमा देखाएको आशले नै निर्माता बन्न प्रेरित गरेको हो’ दयाले भने । साथै उनले यसलाई मेकिङमा आउने प्राक्टिस पनि भनेका छन् । यद्दपी उनको नाम निर्माताको रुपमा प्रत्यक्ष जोदिदा फिल्मको व्यावसायिकताले केहि असर भने पक्कै गर्छ ।

तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा आधारित भएर बनेको ‘माछा माछा’ को कथा निर्देशक सुनिल स्वयंले लेखेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।

कमेन्ट गर्नुहोस्