‘सेल्फी किङ’ घोषणा

22 Shares

फिल्म । पछिल्लो फिल्म ‘प्रसाद’ मार्फत दर्शकको मन जितेका निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘सेल्फी किङ’ घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा फिल्ममा दिनेश यसपटक निर्माताको रुपमा मात्र छन् । उनले ‘प्रसाद’ का निर्माता सुभाष थापासँग निर्माणमा सहकार्य गरेका हुन् ।

यी दुइको संयुक्त लगानीमा फिल्म निर्माण हुदैछ भने यसलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । यो उनको डेब्यू फिल्म हो । दिनेशकै निर्देशनमा डेब्यु रहेको फिल्म ‘आइएम सरी’ कलाकारको रुपमा देखिएका विशालले निर्देशन सम्बन्धि अध्यन पनि गरेका छन् । फिल्ममा विपिनको जोडी अभिनेत्री लक्ष्मी बर्देवासँग बाँधिएको छ ।

आउँदो फागुनमा प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्ममा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको कथा निर्देशक सापकोटा स्वयंको हो । प्रवल कोइराला र राजेश विशुरल सह-निर्माताको रुपमा रहेको फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन् । जीवन थापाले फिल्मको सम्पादन गर्नेछन् । सुवास भुषालको संगीत रहने फिल्मको गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन रहनेछ । निर्मल लामाले फिल्मको गीतमा कोरियोग्राफी गर्नेछन् ।

Facebook Comments