किशोरको त्यो ‘अधुरो सपना’

फिल्म । निर्देशक किशोर राना मगरको उपचारकै क्रममा निधन भएको छ । पछिल्लो समय फिल्म ‘प्रतिबिम्ब’ निर्माणको क्रममा निर्देशक रानामा स्वास्थ्य समस्या देखा परेको थियो । मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए । केहि समय अगाडी उनको मृगौला प्रत्यारोपण गर्ने हेतुले सहयोग संकलन समेत थलिएको थियो ।

डाक्टरले पनि उनलाई छिटै प्रत्यारोपण गर्न सलाह दिएका थिए । तर , समयमै त्यस्तो नहुँदा उनि हामी माँझ रहेनन् । सँगै उनको एउटा सपना पनि अपुरै रह्यो , अधुरै रहयो । उनले पछिल्लो समय नेपाली फिल्मको स्तर बढेकोमा खुसि व्यक्त गर्नु भएको थियो । ‘पछिल्लो समय फिल्म राम्रो बन्न थालेका छन् भने दर्शक पनि बुझ्ने भएका छन्’ उनले दिएको पछिल्लो एक अन्तर्वार्तामा भनेका छन् । उनले आफु निको भएपछी फिल्म निर्माण तथा निर्देशन गर्ने ईच्छा जाहेर गरेका थिए । ‘अब फिल्म झन् राम्रो बनाउन सक्छु जस्तो लागेको छ’ उनले भने ।

उनिसंगै रहेकी उनकी श्रीमती गायिका संगीता राना प्रधानले पनि उनलाई फिल्म निर्माण तथा निर्देशन गर्ने रहर भएकाले स्वास्थ्य लाभसँगै काममा फर्काउने बताएकी थिइन् । तर , यो सपना अब अधुरै रहेको छ । बलिउडमा करीब १५ वर्ष विताएका उनले नेपाली फिल्ममा पहिलो पटक विएस थापाको फिल्म ‘कान्छी’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए । त्यसपछि ‘राँको’ बाट निर्देशकको रुपमा डेब्यू गरेका थिए । त्यसपछि उनले सीमारेखा, कर्जा, करोडपति, बन्धकी, मिस्टर मंगले, घामछायाँ, उपकार, सन्तानको माया लगायत १५ नेपाली र कबहोई मिलनवा हमार सहित ६ वटा भोजपुरी फिल्म निर्देशन गरेका छन् ।

बलिउड देखि नेपाली फिल्मसम्म

नेपालको जोमसोममा छायाङ्कन गरिएको मल्टीस्टार हिन्दी फिल्म खुदा गवाह को लोकेशन व्यवस्थापक रहेका किशोर त्यसअघि नै अन्धा कानून, जोन जानी जनार्दन, मुझे इन्साफ चाहिए, घरघरकी कहानी लगायत जमानाका दर्जनौं हिन्दी फिल्मका मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए । बीएस थापाले निर्देशन गरेको नेपाली फिल्म कान्छीमा पनि उनी मुख्य सहायक निर्देशक नै थिए । २० वर्षको उमेरमा दार्जीलिङको डुवर्सबाट भागेर मुम्बई पुगेका किशोरलाई सडकमा भेटिएका गोपाल भुटानीले सामान्य कामदारका रुपमा बलिउड प्रवेश गराएका थिए ।

कमेन्ट गर्नुहोस्