आउँदो भाद्रमा ‘जाइरा’

31 Shares

फिल्म । आफ्नो भूमिकालाई न्याय दिदै आएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’ मा नयाँ लुक्समा प्रस्तुत हुदैछिन । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको फिल्ममा उनी एक मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन् । नम्रताको फरक लुक्सकै कारण चर्चामा रहेको फिल्मलाई दर्शकले भने आउँदो वर्षको भाद्र ६ गते हेर्न पाउनेछन् । फिल्ममा नम्रतासँगै सृजना रेग्मी , सम्राट मगर , अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको छ । फिल्मले यस अगाडी नै रिलिज डेट तय गरेता पनि प्राविधिक कारण देखाउंदै रिलिज गर्न सकेको थिएन ।

निर्देशक आशुतोष राज श्रेष्ठको डेब्यु निर्देशन रहेको फिल्ममा खेलाडी कथालाई प्रस्तुत गरिएको छ । ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित यसफिल्मको कथा निर्देशक श्रेष्ठ आँफैले लेखेका हुन् । लोकेश बज्राचार्यले यसको सम्पादन गरेका छन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डिओपी बाबु श्रेष्ठको रहेको छ ।

Facebook Comments