फिल्म । अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधे : योर मस्ट वान्टेड भाई’ इदलाई लक्षित गर्दै रिलिज गरेका छन् । सलमान अभिनित भनौ वा बलिउडको यति ठुलो फिल्म पहिलो पटक भारतमा फस्ट रिलिजनै ओटीटी प्लेटफर्म जी फाइभमा गर्दैछन् । प्राय हलमै फिल्म ल्याउन रुचाउने सलमानले यसपटक देशको अवस्थालाई मध्यनजर गर्दै यस्तो गरेका हुन् ।
फिल्ममा सलमानकै हिट फिल्म ‘वान्टेड’ को क्यारेक्टरमा आधारित छ । जसलाई दर्शकले निकै रुचाएका थिए । यसैले गर्दा पनि सलमानका फ्यान माँझ यो प्रतिक्षित छ । यद्दपी यसलाई सलमानले सिक्वेलको रुपमा नलिन आग्रह गरेका छन् । ‘यसमा वान्टेडको एक डायलग बाहेक कुनै कनेक्सन छैन’ सलमानले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।
उनले दर्शकको प्रतिक्रियामा राधेको सिक्वेल भरपर्ने पनि संकेत गरे । ‘दर्शकले रुचाएमा फिल्मको सिक्वेलमा हाम्रो सोच अगाडी बढ्नेछ । नत्र फिल्मको सिक्वेल आउनेछैन’ सलमानले भने । उनले फिल्म घरमा रहने सम्पूर्ण परिवारलाई हुने किसिमले तयार गरेको बताउदै घरमै रहेर फिल्म हेर्न आग्रह गरेका छन् ।
अहिलेसम्मको ओटीटी रिलिजमा यो बलिउडकै ठुलो फिल्म हो । फिल्मलाई जी नेटवर्क अन्तर्गतको एपमा शुल्क तिरेर हेर्न पाइनेछ । अघिल्लो लकडाउनकै समयमा फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने प्रस्ताव ओटीटी प्लेटफर्म मार्फत आएपनि सलमानले स्वीकार गरेका थिएनन् । फिल्ममा सलमानसँगै रणदीप हुदा , दिशा पटानी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यो फिल्मलाई पनि सलमानलाई ‘वान्टेड’ जस्तो फिल्ममा प्रस्तुत गरेका प्रभुदेवालाई नै निर्देशन गरेका छन् । (एजेन्सी)











