अक्षय र मानुषीको फिल्म घोषणा

फिल्म । सन् २०१७ कि मिस वर्ल्ड २०१७ मानुषी छिल्लरको बलिउड डेब्युलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । उनले एक्टर रणवीर सिंहसंग डेब्यु गर्दैछिन भन्ने खबर आयो त्यसपछि खिलाडी एक्टर अक्षय कुमारसँग । मिडियामा खबर आएपनि केहि समयपछी यो चर्चा सेलायो । तर , यतिबेला निर्माण कम्पनिले विश्वसुन्दरी छिल्लर र खिलाडी एक्टर अक्षयको जोडी रहने फिल्म ‘पृथ्वीराज’ को घोषणा गरेको छ ।

डेब्यु गर्ने भएकी छिन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म पृथ्वीराज चौहानको भूमिकामा अक्षय देखिनेछन् । फिल्मलाई चन्द्रप्रकास द्विवेदीले निर्देशन गर्ने भएका छन् भने यो बायोपिक फिल्म हो । फिल्ममा अक्षय र मानुषीको जोडी हुने खबर आउने वितिकै अक्षयका फ्यान उत्साहित देखिएका छन् ।

अक्षयले यस अगाडी पनि सन् २००० की मिस वर्ल्ड प्रियंका चोपडासंग पनि पहिलो पटक अनस्क्रिन रोमान्स ‘अन्दाज’ फिल्ममा गरेका थिए । फिल्ममा संजय दत्त , अमित साध , मानव विज लगायतको पनि अभिनय रहनेछ भने यसलाई दर्शक सन् २०२० को दिपावलीमा हेर्न पाउनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्