दीपाको सहायक दीपक

जयहोस् । गत घटस्थापनामा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ ले राम्रो ब्यापार गरिरहेको छ । अघिल्लो सिरिज लाग्ने गरेको कन्टेन प्रतिको आरोप समेत यसपटक घटेको छ । अर्थात् फिल्म युनिटले रिलिज अगाडीबाट नै ‘कन्टेन विथ कमेडी’ भनेर दिएको अन्तर्वार्ताहरु सार्थक भएका छन् । फिल्मको कन्टेनलाई दर्शकसँगै समिक्षकले समेत सकारात्मक रुपमा लिएका छन् । यसैले गर्दा पनि सिरिजकै राम्रो फिल्मको रुपमा यसलाई चित्रण गरिएको छ । दीपाले ‘छक्का पञ्जा’ बाट नै निर्देशनमा डेब्यु गरेकी हुन् । यसटिमले निर्माण गरेको पहिलो फिल्म ‘६ एकान ६’ लाई दिनेश डिसीले निर्देशन गरेका थिए भने ‘वडा नम्बर ६’ लाई उज्वल घिमिरेले । त्यसपछि निर्देशनको जिम्मा पाएकी दीपालाई सहायक निर्देशकको रुपमा दीपकले सघाईरहेका छन् । त्यसो त टेलिफिल्म ‘तीतोसत्य’ मा दीपकलाई सहायकको रुपमा दीपाले सघाएकी थिइन् । तर दीपकले यसरी सघाउनुको एउटा कारण त टिम वर्क नै हो भने अर्को कारण निर्देशनमा आउने तयारी पनि रहेको छ । केहि समय अगाडी चलचित्र विकास बोर्डले ल्याएको नियमावलीमा फिल्म निर्देशनको लागि कम्प्तिमा तिन फिल्ममा सहायक निर्देशक भइ काम गरेको हुनु पर्ने उल्लेख गरिएको थियो । त्यसो त दीपकको अनुभवले पनि उनले निर्देशन गर्ने मौका पाउछन तर उनले सम्पूर्ण नियम पुर्याउन पनि यस्तो गरेको हुन् सक्छन । यता टिमवर्क देखिने भएकाले पनि दीपक दीपको सहायक निर्देशक बनेका हुन् । आउदो वर्षबाट केहि समयको लागि छक्का पञ्जा सिरिजलाई विश्राम लाउदै नयाँ फिल्म ल्याउने तयारीमा टिम रहेको छ । यसैले गर्दा पनि उक्त नयाँ फिल्मका निर्देशक दीपक त होइनन् ? भन्ने चर्चा हुन् थालेको छ ।
कमेन्ट गर्नुहोस्