यी हुन् १७ पटक नेशनल अवार्ड जितेका निर्देशक

फिल्म । अदूर गोपालकृष्णन साउथ फिल्मका एक ठुला निर्देशक हुन् । उनलाई विश्वभरबाट विभिन्न सम्मान प्राप्त भईसकेको छ भने उनले कयौ फिल्म फेस्टिभलमा सहभागिता जनाईसकेका छन् । सत्यजीत रे, मृणाल सेन र ऋत्विक घटक जस्ता फिल्म निर्देशन गरेका उनले राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेका छन् ।

३ जुलाई, १९४१ मा जन्मिएका अदुरले ८ वर्षकै उमेरमा नाटक मार्फत आफ्नो अभिनय यात्रालाई अगाडी बढाएका थिए । अ ग्रेट डे, अ मिशन अफ लव, रोमान्स अफ रबर जस्ता डकुमेन्ट्री निर्माण गर्दै चिनिएका उनले इदुकी, यक्सागाना, कृष्णनाथम, कलमंडलम गोपी, कोडियेट्टम र पिनियुम जस्ता फिल्म समेत निर्माण तथा निर्देशन गरिसकेका छन् ।

उनले निर्देशन र स्क्रीनप्ले विधामा गरेर १७ पटक नेशनल अवार्ड जितिसकेका छन् । अधिकांस अवार्ड उनले सत्यजीत रे र मृणाल सेनबाट जितेका थिए । भारत सरकारले प्रदान गर्ने पद्मश्री र पद्म विभूषणबाट समेत उनि सम्मानित भईसकेका छन् । यति धेरै अवार्ड र सम्मान पाएता पनि अदुर खासै चर्चामा आउदैनन् । उनि आजबाट ७८ औ वर्षमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्