भदौ ७ मा ‘सतीदेवी’

फिल्म । यही साउन ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सतीदेवी’ ले नयाँ प्रदर्शन भदौ ७ लाई तय गरेको छ । निर्देशक लक्ष्मण सुवेदीले विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको जनाएका छन् ।

मालिका महत, हर्षिका वली, मन्जिला बाँनियाँ, सृजना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बू आदिको अभिनय रहेको फिल्मले केही फेस्टिभलमा अवार्ड समेत जितिसकेको छ । विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मले वंश धान्नका लागि छोरा चाहिन्छ भन्ने पितृसतात्मक सोचलाई प्रश्न गरेको छ ।

दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।

कमेन्ट गर्नुहोस्