फिल्म। स्पाई युनिभर्सलाई तयार गरिरहेको यशराज फिल्म्सले दर्शकको आकर्षण बढाउन नयाँ रणनीति लिएको छ। सफल स्पाई युनिभर्स वारको सिक्वेलमा ऋतिक रोशनसँगै दक्षिण भारतका हिट कलाकार जुनिएर एन्टीआर पनि देखिने भएका छन्। यी दुई फिल्ममा रहने खबर बाहिर आएसँगै फ्यान निकै उत्साहित छन्। फिल्म प्रेमी दर्शकसमेत यो खबरले उत्साहित भएका छन्।
यसको पहिलो भागमा ऋतिक रोशन तथा टाइगर श्राफ थिए ।नाच र एक्सनमा पोख्त टाइगर र ऋतिकको कारण हाइप बढेको फिल्मको दोस्रो भागमा एन्टीआरको आगमन भएसँगै धेरै हाइप बढेको छ। यसलाई आयान मुखर्जीले निर्देशन गर्नेछन्। फिल्म २०२५ मा रिलिज गर्ने तयारी निर्माण पक्षको छ।

कमेन्ट गर्नुहोस्











