संगीत । लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा तयार भएको ‘सिमाना’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता गायक करण राईको स्वरमा सार्वजनिक भएको गीतलाई देबेश राईले संगीत तथा एरेञ्ज गरेका छन् । गीतकार लिला र श्रीप्रसाद माबो निर्माता रहेको गीतलाई करण राई युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
चर्चित म्युजिक भिडियो निर्देशक शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा स्वंयम गायक करणको साथमा भ्वाईस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय देख्न सकिन्छ । भ्वाईस अफ नेपाल ४ को स्टेजमा चर्चित बनेको जोडी करण र नितुको क्यामेस्ट्री जमेको छ । उनिहरु रोमान्टिक मुडमा देखिएका छन् । निर्देशक शानले सिमाना टाईटलको गीतलाई बनिरहेको म्युजिक भिडियो भन्दा फरक रुपले निर्देशन गरेका छन् । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको भिडियोमा करण र नितुले तारिफ योग्य काम गरेका छन् ।
गीतकार लिला सेलिङ् सार्वजनिक गीत ‘सिमाना’ बाट निकै आसावादी रहेकी छिन् । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् ।










