फिल्म । पुराना निर्देशक ज्ञानेन्द्र देउजा निर्देशन तयार भएको फिल्म ‘झिँगेदाउ’ आउदो वर्षको भाद्र ३१ मा रिलिज हुने भएको छ । निर्माण पक्षले एक पोष्टर सार्वजनिक गर्दै फिल्म रिलिज बारे जानकारी दिएको हो । फिल्मको पोष्टरमा मुख्य पात्रहरु मुकुन भुषाल , आँचल शर्मा , केकी अधिकारी लगायतको लुक्स पनि देखाइएको छ । डेढ दशक अगाडी व्यवसायिक सफल फिल्म निर्देशकको रुपमा चिनिने ज्ञानेन्द्र केहि समय यता भने निर्देशनबाट टाढीएका थिए । तर, अब उनले यसै फिल्म मार्फत निर्देशक र निर्माणमा कमब्याक गरेका छन् । महिला विषयवस्तुमा केन्द्रीत फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर निर्माण भएको हो ।
‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्देशक स्वयंले निर्माण गर्दैछन् । सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंको दृश्यमा फिल्मलाई विष्णु कल्पितले खिचेका हुन् । फिल्ममा प्रदीप भारद्वाजको लेखन , अर्जुन पोखरेलको संगीत , मित्र डी गुरुङको सम्पादन रहेको छ । ‘मुना मदन’, ‘वुद्ध वर्न इन नेपाल’, ‘रक्षक’, ‘कुरुक्षेत्र’, ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’ लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्रले यसपटक केहि फरक विषयवस्तु रोजेका छन् ।












