‘दिमाग खराब’ को सात करोड ग्रस

फिल्म । तिहारको अवसर पारेर गत कात्तिक २४ गतेदेखि प्रदर्शन प्रारम्भ गरिएको फिल्म ‘दिमाग खराब’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । निश्चल बस्नेत निर्देशित फिल्मले नागरिक र राजनीतिज्ञ बीचको संघर्षलाई पर्दामा प्रस्तुत गरेको छ । देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले दर्शकको राम्रो साथ् पाइरहेको फिल्मले दुई सतामा सात करोड ग्रस कलेक्सन गरेको छ ।

अर्थात् यसले घरेलु बजारबाट लगानी सुरक्षित गर्न सफल भएको छ । निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्केकाले पनि दर्शक दर्शक उत्साहीत छन् । जसको फाइदा बक्सअफिसमा देखिएको छ ।

फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

फिल्ममा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के बाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेका छन् ।

कमेन्ट गर्नुहोस्