‘मिसिङः केटी हराएको सूचना’ हेर्न पुगे सज्जन

फिल्म । शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । प्रिमियर पछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् । फिल्म हेर्ने भिडमा नियमति भन्दा केही फरक दर्शक पनि थिए ।

ती मध्ये एक थिए, गायक सज्जनराज वैद्य । नेपाली फिल्मको प्रिमियरमा खासै नदेखिने सज्जनले आफुसहित आफ्नो टिमले फिल्म हेर्दा निकै इन्जोय गरेको बताए । उनले भने,‘यसको सङ्गीत, छायांकन राम्रो लाग्यो । सानो कथामा पनि गज्जबकको प्रस्तुतीकरण पाएँ । आज यहाँ निम्ता पाएर फिल्म हेर्न पाउँदा निकै खुसी महसुश गरेको छु, मैले इन्जोय गरें ।’

नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्म हेर्न मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ । फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्