पुर्णेन्दुको नेक्स्ट ‘अफेयर’

फिल्म । निर्देशक पुर्णेन्दु झाले तेस्रो फिल्म ‘अफेयर’ निर्देशन गर्ने भएका छन् । उनको प्रोडक्सन कम्पनि पुर्णेन्दु प्रोडक्सनको फेसबुक पेजबाट फिल्मको नाम सार्वजनिक गरिएको हो । रोमान्टिक थ्रिलर जनरमा बन्ने फिल्मको स्टोरी लेखनको काम भईरहेको पुर्णेन्दुले बताएका छन् । संरक्षण र चौका दाउ निर्देशन गरिसकेका उनले यसमा अफेयर कथालाई देखाउनेछन् । ‘मेरो अघिल्लो फिल्म भन्दा फरक रुपमा यसमा प्रस्तुत गर्दैछु’पुर्णेन्दु भन्छन् ‘फिल्मले अहिलेको जेनेरेशनको कथालाई देखाउने छ ।’ उनले फिल्मको कास्टिङ केहि दिनमा सार्वजानिक गरिने समेत बताएका छन् । फिल्मको लेखनमा व्यस्त रहेका पुर्णेन्दुले यसैवर्षको अन्त्यबात छायाँकनमा जाने बताए ।

कमेन्ट गर्नुहोस्