‘मोहर’को अग्रिम बुकिङ खुल्यो

फिल्म । फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा चुम्बन जंग शाहीद्वारा निर्मित फिल्म ‘मोहर’को अग्रिम बुकिङ देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा खुला गरिएको छ । केही हलले मंगलबारदेखि नै बुकिङ सुरु गरेका छन् भने अन्यले बुधबारदेखि बुकिङ खुलाएका छन् । यो फिल्मले इलाइट सिनेमा, इटहरीमा ४ शो, बीग मुभिजमा २ शो, क्यूएफएक्स छायामा २ शो, आईएनआई सिनेमाज लोत्सेमा ३ शो, आईएनआई सिनेमाज बानेश्वरमा ३ शो, वान सिनेमाज नयाँ बानेश्वरमा ४ शो, वान सिनेमाज कालिमाटीमा २ शो प्राप्त गरेको छ ।

यस्तै, एफक्यूब हलमा ३ शो, क्यूएफएक्स राइजिङ मलमा १ शो, बीएसआर मुभिज गंगबुमा ३ शो, क्यूएफएक्स भक्तपुरमा २ शो, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शो, क्यूएफएक्स जलमामा २ शो, क्यूएफएक्स सिजी मल चितवनमा २ शो, कावासोती सिनेमाजमा ३ शो, म्याङ्गो जनज्योती पर्सामा २ शो, क्यूएफएक्स बुटवलमा २ शो, क्यूएफएक्स एपेक्स मल दमौलीमा २ शो, क्यूएफएक्स विराटनगरमा १ शो, क्यूएफएक्स विर्तामोडमा २ शो, पाथिभरा सिनेप्लाजा विर्तामोडमा २ शो, एसटीसी सिनेमामा २ शो र सीडीसी सिनेमाज सुनधारामा ४ शो पाएको छ ।

थप रूपमा, क्यूएफएक्स लाबिम मलमा २ शो, क्यूएफएक्स सिभिल मलमा ३ शो, क्यूएफएक्स दरबारमा १ शो, क्यूएफएक्स सिटी स्वायरमा ३ शो र क्यूएफएक्स बागेश्वरीमा २ शो प्राप्त भएको छ। केही मल्टिप्लेक्सहरूले अझै शो थप्ने तयारी गरिरहेकाले फिल्मले राम्रो संख्यामा शो पाउने अनुमान छ । ओम प्रतिकको लेखन र निर्देशनमा बनेको यो फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय छ । ‘मोहर’को गीतसंगीत र ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइसकेकाले बक्स अफिसमा बलियो ओपनिङ हुने अपेक्षा गरिएको छ । यो फिल्मले देउकी प्रथाको कथालाई प्रस्तुत गर्छ ।

कमेन्ट गर्नुहोस्