‘डोली’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । मङ्सिर २८ बाट प्रदर्शनमा आउने फिल्म ‘डोली’ को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा आधारित फिल्मको ट्रेलरलाई मसालेदार बनाइएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा तयार फिल्ममा लभ, एक्शन, कमेडीको समिश्रण दर्शकले हेर्न पाउनेछन् । ‘दर्शकको टेस्ट अनुसारकै फिल्म तयार गरेको छु’ निर्देशक साने भन्छन ‘फिल्मले दर्शकको पैसा वसुल गर्छ ।’

किरण नेपालीले निर्माण रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान,संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी,प्रिया रिजाल,सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् । जयराम थापाले खिचेको फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । तारा थापा किम्भेले सम्पादन गरेको फिल्म आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्