अर्पण भन्छन् ‘अघिल्लो कमीकमजोरी सुधार्न घर निर्देशन गरेको होइन’

फिल्म । नेपालमा हरर कथामा निकै कम फिल्म बन्ने गर्छ । किनकी विदेशी फिल्मको तुलनामा हामीले कथा त तयार गरौला तर प्रविधिमा गाह्रो छ । त्यसमाथि नेपाली निर्माता हरर कथालाई फिल्मको रुप दिन हत्तपत्त तयार हुदैनन् । तर , पछिल्लो समय हरर जनरलाई स्थापित गर्ने तयारी साथ् अर्पण थापा लागिपरेका छन् । प्राय डार्क फिल्ममा देखिदै आएका अर्पणले हरर फिल्मको रुपमा सुनकेसरी निर्देशन गरे । त्यसपछि उनि दोस्रो फिल्म ‘घर’ लियर दर्शकसामु आउंदैछन् । उनले सुनकेसरीमा नसोचेको दर्शकको साथ् पाएका थिए ।

‘फिल्मले डे फस्टमा पाएको दर्शक साचै लोभ लाग्दो नै थियो’ अर्पणले भने । उनले हरर युनिभर्सल जनर भएता पनि नेपाली निर्माता भने लगानीमा आट्न नसकेको बताउछन । ‘हरर फिल्मले हामीले विश्वभरका दर्शक पाउँछौ भन्ने बुझाउन गाह्रो थियो किनकी सबै देशमा बन्छ’ उनले भने ‘सुनकेसरीले गरेको इनिसियल विजनेसले केहि निर्मातालाई अगाडी ल्यायो अब घरको व्यापार र प्रतिक्रियाले हरर फिल्म बन्ने निरन्तरतालाई प्रस्ट्याउछ ।’ अर्पणलाई भने यो जनर सानै देखि मन पर्ने रहेछ । त्यसैले उनले अभिनय गर्ने फिल्म पनि केहि डार्क नै हुने गरेका छन् ।

उनले निर्देशन विधालाई अंगालेसंगै यसै जनरलाई अगाडी बढाएका छन् । उनले आफुले मन पर्नेसंगै विश्वभरका दर्शकले बुझ्ने भएकाले स्थापित गर्ने प्रयासमा रहेको बताए । साथै , उनले आफुले सुनकेसरीको कमि कमजोरी सुधार्न फिल्म नबनाएको पनि बताए । ‘त्यो लाइट हार्टेड हरर थियो त्यसैले कथा अनुसार ठिक थियो , यसपटक भने दर्शक टेस्ट अनुसारको फिल्म बनाउने कोसिस गरेको छु’ उनले भने । साथै , नेपाली फिल्मको तुलना विदेशी फिल्मसंग हुने गर्छ । यसै सन्दर्भमा हरर फिल्ममा त झनै प्रविधिको कुरा हुन्छ ।

‘हामीले आफ्नो श्रोत साधनलाई हेरेर कथा तयार गर्यौ र कथा अनुसार न्याय गर्ने कोसिस गरेका छौ’ उनले भने ‘हरर फिल्मको मुख्य कुरा साउण्ड भएपनि हामीले प्रयास गरेका छौ ।’ अर्पणलाई यो जनर नेपालमा फस्टाओस जस्तो लाग्छ । उनि आउँदो दिनमा पनि हरर कथामा फिल्म बनाउने सोचमै छन् । यस फिल्ममा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ । आउँदो शुक्रबार अर्थात् साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्ममा बेनिशा केहि बोल्ड पनि देखिनेछिन् , जसको क्षणक ट्रेलरमा देखिएको छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा नयाँ घरमा सरेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको फिल्मलाई निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । सन्तोष अधिकारी यस फिल्मका सह-निर्माताको रुपमा रहेका छन् । सूर्य ठोकरको द्वन्द्व रहेको ‘घर’ लाई डिएस डिजिटल र एफडि कम्पनीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्