‘कास्ट होइन् , कन्टेनमा मेहनत गरौ’ माधव

फिल्म । निर्माता माधव वाग्ले ‘पारस’ फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । लूट र छड्के निर्माता भनेर चिनिने माधवले डेब्यु फिल्ममा कास्ट गरेकाछन् , निश्चल बस्नेतलाई । उनले नै निश्चललाई ‘लूट’ मार्फत डेब्यु गराएका थिए । यतिबेला माधव आफ्नो डेब्यु फिल्मलाई लिएर निकै तयारीमा जुटेका छन् । ‘मैले डेब्यु गर्ने फिल्ममा मेरो अनुभव त प्रयोग हुन्छ नै यतिबेला टिम पनि राम्रो बनाउने कोसिसमा छु’ माधव भन्छन् ।

उनले कथा बलियो पाएकोले निर्देशनमा डेब्यु गर्न लागेको बताए । कथालाई स्क्रिप्ट बनाउने काम गर्दैछन् प्रदीप भारद्वाजले । ‘फिल्मलाई दर्शकको फिल्म बनाउने कोसिस गर्नेछु’ माधव भन्छन् ,’म कास्ट भन्दा पनि कन्टेन बलियो बनाउने प्रयत्नमा छु ।’ उनले कन्टेन भए मात्र कास्टले सार्थकता पाउने बताए ।

उनको फिल्ममा समिक्षा पोखरेल र शुवेक्षा खड्का एक्ट्रेसको रुपमा हुने सम्भावना छ । यद्दपी साइन भने भईसकेको छैन । यस विषयमा माधव भन्छन् ‘म सबैलाई एग्रीमेन्ट गरेर आफै प्रेस मिट नगरेसम्म यो भन्ने सक्दिन ।’ फिल्म लभ स्टोरी हुनेछ । फिल्मको छायाँकन पनि छठपछी नै गर्ने तयारीमा उनि जुटेका छन् ।

कमेन्ट गर्नुहोस्