‘थियटर र फिल्मलाई सँगै अगाडि बढाएको छु’ : विजय

फिल्म । अभिनेता दयाहाङ राईसँग ‘कबड्डी’ मा पहिलोपटक देखिए अभिनेता विजय बराल । ग्रामिण भेगको युवाको समस्या, सङ्घर्ष र चुनौतीलाई उनले आफ्नो पात्रमार्फत चित्रण गरे । उक्त पात्रलाई दर्शकले निकै रुचाए । त्यसयता उनी बलिया सहायक अभिनेताको रुपमा चिनिएका छन् । उनले अभिनेता राईसँग धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।

यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’मा उनले दयासँग काम गरेका छन् । ‘दया दाईसँग काम गर्न सधै उत्साहित नै हुन्छु । उहाँसँगै अभिनय सिकेर रहेको यात्रामा सँगै जोडिएर काम गर्न पाउँदा निकै खुसि लागेको छ । हामीले सँगै यात्रा गरेको १६/१७ वर्ष भइसक्यो । फिल्ममा हामी सँगै नहुँदा दया दाई कहाँ हुनुहुन्छ जस्तो लाग्छ’, अभिनेता बरालले भने ।

उनले थियटर र फिल्मलाई सँगै अगाडि बढाईरहेको बताए । ‘थियटर हुँदै फिल्ममा आइपुगेको छु । त्यसकारण थियटरको बढी माया लाग्छ । फिल्मबाट खाली हुँदा वा समय निकालेर पनि नाटकमा अभिनय गर्छु’, उनले भने । दयाहाङहितको समुहले काठमाडौंस्थित थापागाउँमा सञ्चालन गरिरहेको मण्डला थिएटर पछिल्लो समय अभिनेता बराल पनि जोडिएका छन् ।

कमेन्ट गर्नुहोस्