फिल्म । बलिउड अभिनेता इरफान खानलाई स्वास्थ्य समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना भएका छन् । उनलाई के भएको हो भन्ने भने नखुलाइए पनि स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना गरिएको जानकारी दिईएको छ । इन्फेक्सन भएको कारण अस्पतालमा भर्ना गर्नु परेको उनको प्रवक्ताले बताएका छन् ।
५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित छन् । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए । गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्