एटलीसँग काम गर्दै शाहरुख

फिल्म । बलिउडमा रोमान्स किंग भनेर चिनिने शाहरुख खान पछिल्लो समय सफलताको खोजिमा छन् । त्यसैले शाहरुखले जिरोपछी फिल्ममा काम गरेका छैनन् । किनकी उनले काम गरेका फिल्मले सफलता पाउन सकेका छैनन् । यसैले गर्दा पनि शाहरुखले आफुलाई निर्देशकको जिम्मा लगाउन सकेका छैनन् । तर यतिबेला उनले गर्न लागेको नयाँ फिल्मको खबरले बि-टाउनमा राम्रो चर्चा पाइरहेको छ ।

शाहरुख यतिबेला साउथ इण्डियन निर्देशक एटलीसंग नयाँ प्रोजेक्ट गर्ने तयारीमा छन् । फिल्मको टाइटल ‘सन्की’ रहेको बताइएको छ । मार्सल र थेरी जस्ता फिल्म निर्देशन गरेर चर्चामा आएका एटलीको फिल्म कुनै रिमेक नभई आफ्नै कथामा हुनेछ । पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका शाहरुखले अब मसालेदार फिल्म रोजेका हुन् । उनि चाहन्छन् फिल्म हेरेर दर्शकले फुल मनोरंजन लिउन । फिल्मको घोषणा शाहरुखको ५४ औ जन्मोत्सव अर्थात् नोभेम्बर २ मा हुनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्