फिल्म बनाउँदै मनाङे

फिल्म । केहि समय अगाडी फिल्म ‘वान वे’ निर्माण गर्दै फिल्मनगरीमा डेब्यु गरेका दिपक मनाङेको उपनामले परिचित राजीव गुरुङले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार गुरुङ निर्माता रहने फिल्मलाई शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार दीपक र राणाबीच औैपचारिक रुपमा कागजी सम्झौता भएको छ ।

चैत अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको कलाकार छनौटको क्रममा रहेकाले नखुलाइएको निर्देशक राणाले बताए । विवाहपछि एक दम्पतिको जीवनमा आउने भोगाईलाई फिल्ममा देखाइनेछ । रेड बर्ड प्रोडक्सनको तल बन्ने फिल्मको प्रस्तुतकर्तामा श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । निर्देशक राणाले यो फिल्मलाई ‘सोसल ड्रामा’ भनेका छन् ।

कमेन्ट गर्नुहोस्