‘हेल्लो जिन्दगी’ मा दीपिका ?

फिल्म । रमेश उप्रेतीको कमब्याक भनिएको फिल्म ‘ऐश्वर्य’ मार्फत रजतपटमा उदाएकी दीपिका प्रसाईंलाई सम्भावना बोकेको अनुहारको रुपमा हेरियो । डेब्यु फिल्मको सफलतापछि केहि समय ब्रेक लिएर उनले छक्का पञ्जा सिरिजको तेस्रो सिरिजमा काम गरिन् । त्यस मार्फत धेरै दर्शकसम्म पुगेकी दीपिकाले एभरेष्ट सुर्य बोहोरा फिल्म ‘हेल्लो जिन्दगी’ मा काम गर्ने लगभग तय भएको छ ।

कागजी सम्झौता नभएपनि मौखित सहमति भइसकेको बुझिएको छ । ‘लगभग गर्ने कुरा छ तर केहि आपसी समझदारी बाँकी छन्’ दीपिकाले फिल्मको विषयमा भनिन् । तर श्रोतलाई आधार मान्ने हो भने उनि सहमत भइसकेकी छिन् । दीपिकाको विवाहलाई असर नपर्ने गरि सेड्युल मिलाइएको बुझिएको छ । दीपिका अगाडी नै फिल्ममा श्वेता खड्का र सलोन बस्नेत फाइनल भईसकेका छन् । त्यसपछि उनले दिवाकरकै निर्देशनमा तयार हुने फिल्ममा काम गर्नेछिन् ।

Facebook Comments