फिल्म । अन्ततः नेपाली फिल्म ‘परस्त्री’लाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छ । फिल्ममा समावश ६ दृश्य परिमार्जन गरेपछि बोर्डले प्यारेन्टल गाइड (पीजी) प्रमाणपत्र दिएको वितरक करण श्रेष्ठले जानकारी दिनुभयो । फिल्ममा प्रयुक्त हिंसा र चुम्बनका दृश्यमा आपत्ति जनाउँदै बोर्डले केही दिनअघि सच्याएर ल्याउन भनेको थियो ।
उनका अनुसार फिल्मको लम्बाइ दुई घण्टा तय भएको छ । डीएस डिजिटलले निर्माण गरेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।
फिल्मको पोस्टरदेखि ट्रेलरसम्मै अन्तरंग दृश्य समावेश थिए । शीर्ष भूमिकामा रहेकी अभिनेत्री शिल्पा मास्केले सेन्सर बोर्ड नेपाली फिल्मप्रति पूर्वाग्रही भएको आरोप पनि लगाएकी थिइन् । यो फिल्म असार १५ गते रिलिजको तयारीमा छ । यसमा कोसिस क्षेत्री र गौरव विष्ट मुख्य भूमिकामा रहेका छन् ।
कमेन्ट गर्नुहोस्











