शाहरुख होइन रणवीर ‘डन’ बन्ने !

291 Shares

फिल्म । अन्तत फिल्म ‘डन’ को तेस्रो सिरिजसँग जोडिएको खबर बाहिर आएको छ । यसको दुइ सिरिजमा देखिएका शाहरुख खानले यसको फाइनल च्याप्टरमा देखिन् अस्विकार गरेका छन् । पछिल्लो समय बि-टाउनबाट बाहिरिएको खबरलाइ आधार मान्ने हो भने फिल्मको लागि निर्मातालाइ शाहरुखले नो भनिसकेका छन् । कारण , फरहान अख्तर पनि हुन् सक्छन ।

किनकी उनले शाहरुखको पछिल्लो रिलिज फिल्म ‘जिरो’ सँग साउथ इण्डियन फिल्म ‘केजीएफ’ सँगै प्रदर्शनमा ल्याएका थिए । त्यसपछि शाहरुखको सम्बन्ध केहि चिसिएको हो । पछिल्लो समय निर्माता अब नयाँ डनको खोजिमा छन् । नयाँ अनुहार हुने भएपछी यो फाइनल च्याप्टर पनि नहुने भएको छ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने फिल्ममा डन बन्नको लागि रणवीर कपुरलाई अफर गरिएको छ ।

रणवीर पनि यस अफरमा पोजेटिभ नै छन् । फिल्मलाई फरहान अख्तरले निर्देशन गर्नेछन् । त्यसो त रणवीरलाई डनको पहिलो सिरिजमै फरहानले अफर गरेका थिए । तर , त्यस समयमा उनले डन बन्न स्वीकारेनन् । पछिल्लो समय फिल्म ‘सन्जु’ मार्फत बक्स अफिसमा धमाल मचाएका रणवीरले फरहानसँग काम गर्ने सोच बनाएका छन् । अमिताभ बच्चन हुँदै शाहरुखसम्म आइपुगेको डनको क्यारेक्टरलाई रणवीरले कसरि निर्वाह गर्छन ? यो भने आउँदा दिनले नै बताउनेछ ।

(एजेन्सी)

Facebook Comments